" /> आजदेखि निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान- Sarbocha Media

आजदेखि निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान-

`

     २०७९ ज्येष्ठ ०९ गते ८:०८

काठमाडौं, जेठ ९ । निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुला गरेको छ। जेठ ६ गतेको आयोगको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ। असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?