कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी

`

     २०७९ ज्येष्ठ ०६ गते १०:२८

काठमाडौँ,  ६ वैशाख । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट नगरप्रमुखमा धर्मराज शाही विजयी भएको छ ।

उनले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् ।

उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल २ हजार ८०९ मत सहित विजयी भएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?