काठमाडौँ, ६ वैशाख । कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट नगरप्रमुखमा धर्मराज शाही विजयी भएको छ ।
उनले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् ।
उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल २ हजार ८०९ मत सहित विजयी भएको छन् ।




