काठमाडौं, फागुन ६ । आजको (मंगलबार) सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ।
छापावाल सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएको थियो। तेजावी सुन तोलाको ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ८९० रुपैयाँ कायम नै गरिएको छ ।




