सोमबार सुनचाँदीको मूल्यमा गिरावट

`

     २०७९ वैशाख १९ गते ११:२५

काठमाडौँ, १९ बैशाख । आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८ सयले घटेर आज  ९८ हजार २ रुपैयाँ कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै सोमबार चाँदीको मुल्य पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । आज १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?