काठमाडौँ, १९ बैशाख । आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ८ सयले घटेर आज ९८ हजार २ रुपैयाँ कायम भएको छ । यस अघि आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै सोमबार चाँदीको मुल्य पनि प्रतितोलामा १० रुपैंयाले घटेको छ । आज १२९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




