काठमाडौं, ०६ फागुन । काठमाडौंको शंखरापुरस्थित सडक पेटिमा सुतेका एक जनाको टिपरले किच्दा ज्यान गएको छ ।
गएराति १० बजे टिपरले किचेका ४० वर्षीय प्रविण श्रेष्ठको उपचारको क्रममा ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार उनको सुस्मा मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

टिपरले किच्दा ज्यान गएको उनी श्रेष्ठ शंकरापुर नगरपालिका वडानम्बर ६ ढोल्लाका स्थानीयबासी रहेको बताइएको छ।
श्रेष्ठको ज्यान लिने टिपर र चालकलाइ नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।




