" /> ४ हजार सैन्य जवानका लागि खुल्यो भर्ती, वैशाख १६ गतेसम्म दरखास्त दिनुपर्ने - Sarbocha Media

४ हजार सैन्य जवानका लागि खुल्यो भर्ती, वैशाख १६ गतेसम्म दरखास्त दिनुपर्ने

`

     २०७८ चैत्र १७ गते १२:४४

काठमाडौँ, चैत १७ । नेपाली सेनाले ४ हजार सैनिक जवान भर्ना गर्ने भएको छ ।

गोरखापत्रमा प्रकाशित सूचना अनुसार खुलातर्फ दुई हजार ९८ जना र बाँकी संख्या समावेशी कोटाहरुमा देशका विभिन्न भर्ना केन्द्रबाट वैशाख १६ गतेसम्म १५० दस्तुर रुपैयाँसहित दरखास्त दिन सकिनेछ ।

न्युनतम् ८ कक्षा पास गरेका र पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च तथा महिलाका लागि न्युनतम ५ फिट उचाइ हुनुपर्नेछ । १८ वर्ष पूरा भएर २२ वर्ष ननाघेकाहरुले यो अवसर पाउनोछन् । ५ जेठका लागि परीक्षा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?