दिमित्री मुराटोभले नोबेल शान्ति पुरस्कार लिलाम गरेर युक्रेनलाई सहयोग गर्ने

`

     २०७८ चैत्र ०८ गते ६:३२

काठमाडौँ, ८ चैत्र । रुसी नोबेल शान्ति पुरस्कार विजेता दिमित्री मुराटोभले आफुले जितेको पदक लिलाम गरेर युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । रुसको स्वतन्त्र अखबार नोभाया गजेटाका प्रधान सम्पादक समेत रहेका मुराटोभले जितेको नोबेल शान्ति पुरस्कार पदक लिलामी गर्ने घोषणा गरेका हुन् ।

मंगलबार अखबारको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा मुराटोभले युक्रेनमा घाईते र बिरामी बच्चाहरूको तत्काल उपचारको आवश्यकता रहेकोले उनलाई प्रतिष्ठित पदक लिलाम गर्न बाध्य तुल्याएको उल्लेख गरेका छन् ।

नोभाया गजेटाका सह-संस्थापक मुराटोभले रूसमा अभिव्यक्ति स्वतन्त्रताको अथक रक्षाको लागि गत अक्टोबरमा नोबेल शान्ति पुरस्कार जितेका थिए ।

मुराटोभले विज्ञप्तिमा तत्काल युद्धविराम, बन्दी आदानप्रदान र मानवीय करिडोरको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

पदकको बिक्रीबाट प्राप्त रकम युक्रेनी शरणार्थीहरूलाई सहयोग गर्ने एक गैर-सरकारी संस्था जसले युक्रेनका शरणार्थीहरूलाई नैतिक र भौतिक सहयोग प्रदान गर्न प्रयास गरिरहेको छ, सो फाउन्डेसनमा जाने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?