पत्रकार राजेन्द्र प्रताप शाहको बिहीबार बिहान निधन

`

     २०७८ चैत्र ०३ गते ४:३३

काठमाडौँ, ३ चैत्र । पत्रकार राजेन्द्रप्रताप शाहको निधन भएको छ । बुधबार साँझ छोरीलाई होस्टलमा लिन जाने क्रममा प्रेसर लो भएर बाटोमै ढलेका शाहको उपचारको क्रममा काठमाडौंको अल्का अस्पतालमा आज बिहान १ बजे निधन निधन भएको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ३ मैदीमा जन्मिएका शाह परिवारसहित काठमाडौंमा बस्दै आइरहेका थिए ।

शाह नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका संस्थापक सचिव एवम् पूर्वअध्यक्ष हुन् ।

कम्प्युनिस्ट आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका शाह पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । शाह साबिकको मैदी गाविसको पूर्वउपाध्यक्ष, जिल्ला विकास समितिको पूर्व सदस्य, प्रेस युनियन धादिङको पूर्वसचिव, कांग्रेसको महाधिवेशन प्रतिनिधि, छलफल चौतारीको पूर्वसंस्थापक अध्यक्ष समेत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?