काठमाडौँ, २ चैत्र । प्रिमियर स्टिल्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ। प्रिमियर स्टिल्सले पारस खड्कासँग रणनीतिक साझेदारीको घोषणा गर्न पाउँदा निकै गर्वान्वित भएको बताएको छ।
मंगलबार दुई पक्षबीच सम्झौता ज्ञापन पत्र हस्ताक्षर भएको थियो। योसँगै पारसले प्रिमियर स्टिल्सका सबै नयाँ अभियानको अगुवाई गर्नेछन्।
एसोसिएसनमा टिप्पणी गर्दै पासले कार्यक्रमबीच भने, ुप्रिमियर स्टिल्स परिवारको हिस्सा हुन पाउँदा धेरै खुसी छु। म उत्साहका साथ ठूलो पहल गर्नेछु।ु




