काठमाडौँ, ९ फाल्गुण । नेपालमा थप ३८८ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ पिसिआर र २९१५ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार १४० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार २८२ पुगेका छन् ।
थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।




