नेपालमा थप ३८८ सङ्क्रमित, ४ जनाको मृत्यु

`

     २०७८ फाल्गुन ०९ गते १०:४५

काठमाडौँ, ९ फाल्गुण । नेपालमा थप ३८८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ पिसिआर र २९१५ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार १४० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार २८२ पुगेका छन् ।

थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?