काठमाडौँ, ३ फागुन । आज एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।
यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार १३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




