सुनको मूल्य एकै दिन १२ सयले बढ्यो, प्रतितोला कति?

`

     २०७८ फाल्गुन ०३ गते ५:४३

काठमाडौँ, ३ फागुन । आज एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार १३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?