एजेन्सी, २६ माघ । मंगोलियाको पश्चिमी क्षेत्र डस्कोब्रेदासमा मंगलबार बाढीपछिको पहिरोमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको छ ।
कोलम्बियाको प्रकोप नियन्त्रण विभागले सो कुराको जानकारी दिएको हो । सो विभागका अनुसार उक्त क्षेत्रमा केही दिन यतादेखि जारी रहेको वर्षाका कारण त्यहाँ बाढी आएको थियो ।
पहिरोमा परी ३० जना स्थानीय घाइते भएका छन् । उनीहरुलाई अस्पताल पुर्याउन पनि पहिरोले बाटो बिग्रिएकाले निकै कठिन भएको बताइएको छ । बेपता भएको मानिसको सुरक्षा तथा उद्धारकर्मीहरुले खोजी कार्य गरीरहेको छ ।
भारी मात्रामा पानी पर्ने क्रम जारी नै रहेकाले अझै पनि प्रकोपको खतरा रहेको बताइएको छ ।




