नेपालमा थप १३८६ सङ्क्रमित, ११ जनाको मृत्यु

`

     २०७८ माघ २३ गते ११:०६

काठमाडौँ, २३ माघ । पछिल्लो २४ घण्टामा १३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ ।

हाल नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका स्वास्थय मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?