काठमाडौँ, २३ माघ । पछिल्लो २४ घण्टामा १३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४४३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा ४५ हजार २४८ जना सक्रिय संक्रमित रहेका स्वास्थय मन्त्रालयले जनाएको छ ।




