आयोगले प्रस्ताव गरेको मितिमा नै स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो: सिंह

`

     २०७८ माघ १८ गते ६:०७

काठमाडौँ, १८ माघ । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’

नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?