काठमाडौँ, १८ माघ । कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले अहिलेकै कानुनबमोजिम स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा खोप कार्यक्रमको निरीक्षण गर्ने क्रममा नेता सिंहले भने, ‘स्थानीय तहको निर्वाचनका लागि आयोगले मिति प्रस्ताव गरिसकेको छ । त्यसआधारमा सरकारले स्थानीय तहको मिति निर्धारण गरेको राम्रो हो ।’
नेता सिंहले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने बताए ।




