कर्मचारीमा कोरोना सङ्क्रमण भएसँगै गुल्मीको मालपोत कार्यालय ६ दिनको लागी बन्द

`

     २०७८ माघ १२ गते ८:००

काठमाडौँ, १२ माघ । गुल्मी जिल्लाको मालपोत कार्यालयमा कर्मचारीलाई कोरोना संक्रमण भएपछि ६ दिनका लागि बन्द हुने भएको छ ।

आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?