११ माघ, सिराहा। सिराहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा-२ बस्ने ६० वर्षीय सोनाई सदाले बञ्चरो प्रहार गर्दा उनका ३० वर्षीय छोरा प्रमेश्वर सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक पवन झाले बताए ।
निरीक्षक झाका अनुसार घरायसी विवादमा सोनाईले आफ्नै छोरामाथि बञ्चरो प्रहार गरेका हुन्। रक्सी पिएर सोनाईले बञ्चरो चलाएको देखिएको निमित्त प्रवक्ता झाले बताए।
हत्यारा सोनाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




