कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक हजार तीन सय ५० नाघ्याे

`

     २०७६ फाल्गुन ०१ गते ५:००

काठमाडौं, ०१ फागुन । कोरोना भाइरसबाट ज्यान जानेको संख्या एक हजार तीन सय ५० नाघेको छ ।

चीनको हुबेई प्रान्तमा बुधबार एकैदिन दुई सय ४२ जनाको ज्यान गएको बताइएको छ । बुधबार १४ हजार आठ सय ४० जनामा यसको सङ्क्रमण भेटिएको जनाइएको छ ।

हुबेई प्रान्तमा नयाँ घटना र ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै कोरोनाको कारण चीनमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ५० नाघेको हो ।

त्यस्तै कोरोना सङ्क्रमणको झण्डै ६० हजार घटना दर्ता भएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?