८ फागुनदेखि इलाममा हरेक एक हप्तामा एक उडान हुने

`

     २०७८ माघ ०९ गते ७:२८

काठमाडौँ, ९ माघ । इलामको सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै यहाँ ८ फागुनबाट हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ ।

तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा शुरु गर्ने भएको हो । इलाम नगरपालिका र तारा एयरबीच सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी फागुन ८ देखि प्रत्येक आइतबार उडान-अवतरण हुने निश्चित भएको हो ।

नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७०० रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले तिर्नेछ ।

नगरपालिकाले एकतर्फी भाडा तिरेमा दुइतर्फकै उड्नका लागि सहुलियत दिएको हो । पूर्वी नेपालको भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या बढि रहेपनि सडक यातायातबाट जादाँ बढि समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने अपेक्षा नगरपालिकाको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?