नेपालमा थप १०२५४ सङ्क्रमित, १६ जनाको मृत्यु

`

     २०७८ माघ ०८ गते १०:३४

काठमाडौँ, ८ माघ । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?