काठमाडौँ, ८ माघ । पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




