काठमाडौँ, २९ पौष । पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोही अवधिमा २७१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छ ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोना संक्रमणबाट नेपालमा ११ हजार ६१० जनाको मृत्यु भएको ।
हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।




