थप ३५५३ सङ्क्रमित, एक जनाको मृत्यु

`

     २०७८ पौष २९ गते १०:४४

काठमाडौँ, २९ पौष । पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २७१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छ ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने अहिले सम्म कोरोना संक्रमणबाट नेपालमा ११ हजार ६१० जनाको मृत्यु भएको ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?