" /> सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारलाई परिचयपत्रको आधारमा प्रवेश दिने - Sarbocha Media

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारलाई परिचयपत्रको आधारमा प्रवेश दिने

`

     २०७८ पौष २९ गते ८:०२

काठमाडौँ, २९ पौष । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ ।

पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?