सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सिंहदरबार प्रवेशमा कडाइ, पत्रकारलाई परिचयपत्रको आधारमा प्रवेश दिने
काठमाडौँ, २९ पौष । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गरेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ ।
पत्रकारलाई भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।





