काठमाडौँ, २१ पौष । प्रतिनिधिसभाको बैठक पौष २८ गतेसम्मका लागि सरेको छ ।
संघीय संसद सचिवालयका अनुसार यस अघि पौष २२ गते विहिबारका लागि तोकिएको बैठक २८ गते बुधबार बस्ने भएको हो ।
लगातार नेकपा एमालेको अवरोधका कारण संसद सुचारु हुन नसकेको अवस्थामा पछिल्ला बैठकहरु भने सरिरहेका छन् ।




