सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मत परिणाम आजै, थारु र पिछडिएको क्षेत्रको मत गणना भने बाँकी

`

     २०७८ पौष ०२ गते ६:३२

काठमाडौँ, २ पौष । कांग्रेस सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम शुक्रबारै आउने भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् ।

मुस्लिम, मधेशी र खस आर्य सहमहामन्त्रीको मत गणना केहीबेर अघिबाट कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपमा सुरु भएको छ ।

थारु र पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मत गणना भने बाँकी रहेको छ ।

हालसम्मको मत परिणाम :-

सभापति :- शेरबहादुर देउवा

उपसभापति :- पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री :- गगन थापा र विश्वप्रकाश शर्मा

महिला सहमहामन्त्री :- महालक्ष्मी उपाध्याय डिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?