काठमाडौँ, २ पौष । कांग्रेस सहमहामन्त्रीतर्फ ५ वटै क्लस्टरको मतपरिणाम शुक्रबारै आउने भएको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले ५ वटै क्लस्टरको मत परिणाम आजै आउने बताएका हुन् ।
मुस्लिम, मधेशी र खस आर्य सहमहामन्त्रीको मत गणना केहीबेर अघिबाट कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपमा सुरु भएको छ ।
थारु र पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मत गणना भने बाँकी रहेको छ ।
हालसम्मको मत परिणाम :-
सभापति :- शेरबहादुर देउवा
उपसभापति :- पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री :- गगन थापा र विश्वप्रकाश शर्मा
महिला सहमहामन्त्री :- महालक्ष्मी उपाध्याय डिना




