काठमाडौँ, २७ मंसिर । नेपालमा थप ३४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३१३ र एन्टीजेन परिक्षणबाट २८ गरि कुल ३४१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८२४ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।




