थप ३४१ संक्रमित, ३ जनाको मृत्यु

`

     २०७८ मंसिर २७ गते ११:१६

काठमाडौँ, २७ मंसिर । नेपालमा थप ३४१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३१३ र एन्टीजेन परिक्षणबाट २८ गरि कुल ३४१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८२४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?