नेपाल र भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा फरक छ : मुकुल वासनिक

`

     २०७८ मंसिर २४ गते ९:५८

काठमाडौँ, २४ मंसिर । भारतीय काँग्रेसका वरिष्ठ नेता मुकुल वासनिकले नेपाल र भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा फरक रहेको बताएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले नेपाली काँग्रेसको महाधिवेशनमा मन्तव्य दिँदा गौरव महसुस भएको धारणा राखे ।

दुई पार्टीको बीचमा राम्रो सम्बन्ध रहेको र दुई पार्टीका बीचमा एक अर्काको कुरा अदानप्रदान भइरहेको बताउँदै उनले नेपाल–भारतको बीचमा पनि छुट्टै सम्बन्ध रहेको बताए । खुल्ला सीमाका कारण दुई देशको बीचमा आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उनको भनाइ थियो । दुई देशको बीचमा केही समस्या हुनसक्छ, तर त्यसलाई दुवै देशले मिलेर समाधान गर्न सकिन्छ, उनले भने, यसका लागि भारतीय काँग्रेसले के भूमिका खेल्नुपर्छ त्यो भूमिका खेल्न तयार छौँ ।,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?