एजेन्सी, मङ्सिर २१ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् ।
यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।
अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले सम्पूर्ण नागरिकहरुलाई खोप लगाउन आव्हान गरेका छन् ।
अधिकांश विरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरुले बताएका छन् ।




