दक्षिण अफ्रिकामा कोरोनाको बढ्यो महामारी, अस्पताल बिरामीले भरियो

`

     २०७८ मंसिर २१ गते ७:४८

एजेन्सी, मङ्सिर २१ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् ।

यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।

अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले सम्पूर्ण नागरिकहरुलाई खोप लगाउन आव्हान गरेका छन् ।

अधिकांश विरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?