काठमाडौँ, मङ्सिर १९ । नेपालमा थप २०५ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २०० र एन्टीजेन परिक्षणबाट ५ गरि कुल २०५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४३६ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५०७ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।




