थप २०५ संक्रमित, १ जनाको मृत्यु

`

     २०७८ मंसिर १९ गते १०:४६

काठमाडौँ, मङ्सिर १९ । नेपालमा थप २०५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २०० र एन्टीजेन परिक्षणबाट ५ गरि कुल २०५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३६ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५०७ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?