सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का

`

     २०७८ आश्विन १५ गते ८:१७

काठमाडौ, १५ असोज । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार दिउँसो १२स्५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको भूकम्प गएको हो ।

२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ वटा पराकम्प गइसकेका छन् ।

उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?