काठमाडौँ, १० असोज । ठुलीभेरी नगरपालिका–९ डोल्पाका १७० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ ।
कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत वडाका सम्पूर्ण घरधुरीलाई शनिबार सोलार वितरण गरिएको हो ।
नगरपालिकाको रु २० लाख र कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रु ५० लाख गरेर कूल रु ७० लाख अनुदान सहयोगमा सम्पूर्ण वडावासी लाभान्वित हुने गरी सोलार वितरण गरिएको वडाध्यक्ष बिर्मलकुमार भण्डारीले जानकारी दिनुभयो ।
जनताको मागअनुसार प्रत्येक घरधुरीलाई २०० वाटको प्यानल र १५० एम्पियरको ब्याट्री निःशुल्क वितरण गरिएको भण्डारीको भनाइ छ ।




