काठमाडौँ, ८ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा जारी छ ।
बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल भइरहेको जनाइएको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदनलगायतका दस्तावेजमा छलफल भएको थियो।




