काठमाडौँ, २८ भदौ । नेपालमा थप १४८६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११४९ र एन्टीजेन परिक्षणबाट ३३७ गरि कुल १४८६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२६० जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६३० पुगेका छन् ।
पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।




