१४८६ संक्रमित, १६ जनाको मृत्यु

`

     २०७८ भाद्र २८ गते १०:२४

काठमाडौँ, २८ भदौ । नेपालमा थप १४८६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ११४९ र एन्टीजेन परिक्षणबाट ३३७ गरि कुल १४८६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२६० जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६३० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?