१७५६ जनामा सङ्क्रमण पुष्टि, २३ जनाको मृत्यु

`

     २०७८ भाद्र १८ गते १०:५१

काठमाडौँ, १८ भदौ । आज थप १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुुसार आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२७४ जना संक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।

हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४।३ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?