काठमाडौँ, १८ भदौ । आज थप १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुुसार आज थप २३ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२७४ जना संक्रमणमुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म ७ लाख २३ हजार ४५६ जना निको भएका छन् ।
हाल देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४।३ प्रतिशत रहेको छ ।




