काठामाडौँ, ११ भदौ । पोखरामा ८ जना जुवाडेलाइ तास खेल्ने क्रममा पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्री नेतृत्वको प्रहरी टोलीले ८ जनालाई नगद रकम र तास सहित पक्राउ गरेको हो ।
प्रहरी टोलीले ५६ हजार १३० रुपैयाँ नगद र ४ बुक तास सहित ८ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।
उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।




