५६ हजार १३० रुपैयाँ नगद सहित ८ जना जुवाडे पक्राउ

`

     २०७८ भाद्र ११ गते १०:१९

काठामाडौँ, ११ भदौ । पोखरामा ८ जना जुवाडेलाइ तास खेल्ने क्रममा पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्री नेतृत्वको प्रहरी टोलीले ८ जनालाई नगद रकम र तास सहित पक्राउ गरेको हो ।

प्रहरी टोलीले ५६ हजार १३० रुपैयाँ नगद र ४ बुक तास सहित ८ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?