एजेन्सी, ८ भदौ । भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग अफगानिस्तानको अवस्थाको बारेमा कुराकानी गरेका छन् । मंगलबार कुराकानी गरेको विषयलाई मोदीले ट्विटरमार्फत जानकारी गराएको हो ।
उनले ट्विटमा लेखेका छन्,‘अफगानिस्तानको अहिलेको अवस्थाबारे मेरो साथी रुसी राष्ट्रपति पुटिनसित
कुराकानी भयो । कोरोना मामलाबारे पनि हामीले कुराकानी गरेका छौँ । अफगानिस्तानस्थित रहेको कन्सोलेटलाई तत्काल बन्द राख्ने निर्णय गरेका छौँ ।’ यस अघी मोदीले जर्मनीकी चान्सलर एन्जेला मोर्कलसँग पनि कुराकानी गरेको जनाएको छ ।
Had a detailed and useful exchange of views with my friend President Putin on recent developments in Afghanistan. We also discussed issues on the bilateral agenda, including India-Russia cooperation against COVID-19. We agreed to continue close consultations on important issues.
— Narendra Modi (@narendramodi) August 24, 2021




